Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्व सभामुख तथा माओवादी नेता महरा पक्राउ

०५ सोमबार , चैत्र २०८०७ महिना अगाडि

पूर्व सभामुख तथा माओवादी नेता महरा पक्राउ

पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रोल्पा जाँदै गरेको अवस्थामा महरालाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीको निगरानी गर्दै आएको र आज रोल्पा जान हिँडेका उनलाई भैरहवाबाट पक्राउ गरिएको बताईएको छ । पक्राउ पछी उनलाई रुपन्देहीबाट काठमाडौँ ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ ।

हिजो मात्रै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । सुन तस्करी प्रकरणमा आयोगले मुद्दा चलाउन सिफारिस गरेपछी गृहमन्त्रीको निर्देशनपछि प्रहरीले महरालाई समातेको बताईएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष अनुसार भेप प्रकरणमामा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने बताईएको छ । महराका छोरा राहुल सो मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।