Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तीन औषधिको उत्पादन सुरु

०५ सोमबार , चैत्र २०८०७ महिना अगाडि

तीन औषधिको उत्पादन सुरु

नेपाल औषधि लिमिटेडले थप तीन प्रकारको औषधि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ उत्पादन सुरु गरेको छ । औषधि लिमिटेडले आइतबारदेखि उक्त औषधिको उत्पादन सुरु गरेको हो ।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार उक्त तीनै वटा औषधि ट्याबेलटमा उत्पादन गरिने र एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन हुनेछ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गर्दै आएको थियो ।

कुनै समय १ सय २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेड वि.सं. २०२९ मा स्थापना भएको थियो । तर, वि.सं. २०६२ सालमा उत्पादन बन्द भए पनि पुनः २०७४ सालमा सिटामोल उत्पादन गर्दै लिमिटेड सञ्चालनमा ल्याइएको थियो । अब तीन प्रकारको औषधिसहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ ।

महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि २४ करोड बजेट बिनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए । उनले सरकारले आर्थिक सहयोग गरे औषधि लिमिटेडले थप अरू औषधि पनि उत्पादन गर्न सक्ने बताएका छन् ।