Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आरती साहको सासू रेणुदेवी पक्राउ

०५ सोमबार , चैत्र २०८०७ महिना अगाडि

आरती साहको सासू रेणुदेवी पक्राउ

गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका-९ थापाचोक स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी आरती साहको सासू रेणुदेवी साह पनि पक्राउ परेकी छन् । उनलाई हिजो  जनकपुरधाम उपमहानगरपालिका-४ मुरलीचोकबाट पक्राउ गरेको हो ।
  
आरती साहको मृत्यु प्रकरणमा माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहनविरुद्ध किटानी जाहेरी दिएकोमा अहिले सासू रेणुदेवी र देवर रवि साहविरूद्ध पनि पुरक जाहेरी दीएका थिए । सोहि पुरक जाहेरीको आधारमा आरतीको सासू रेणुदेवी साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुरुमा जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरले प्रमाण नपुगेको भन्दै असोज १८ गते आरतीका श्रीमान मोतिबाबु र ससुरा मदनमोहनलाई साधारण तारेखमा छोड्न आदेश दिएपछी आरतीका माइती पक्ष सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले मंसिर २० गते आरतीका श्रीमान मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको र ससुरा धरौटीमा रिहा भएका थिए । फागुन २४ गते आरतीका देवर रविलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

माइती पक्षले जनकपुरमा न्याय नपाउने देखेपछि गत असार १ गते आरतीकी आमा निर्मलादेवी, भाइ धिरज, बहिनी मनिषा र ठूलीआमा रञ्जनादेवी काठमाडौंमा आन्दोलनरत छन् । न्याय पाउने आशा बोकेर काठमाडौं पुगेकी आरतीको माईति पक्ष टन्टलापुर घाम, वर्षा र हावाहुरी छल्दै खुल्ला आकाशमुनी बसेर न्यायको लागि आन्दोलन गर्दै आएका छन् ।