Advertisement Banner
Advertisement Banner

१० सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

०५ सोमबार , चैत्र २०८०३ बर्ष अगाडि

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

नेपाली कांग्रेससंगको गठबन्धन टुटेपछी बनेको नयाँ सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । नयाँ सरकारमा सहभागी पाँच राजनीतिक दल मिलेर बनेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने भएको हो ।

पाँच राजनीतिक दलले बनाएको कार्यदलले तयार पारेको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइसकेको छ । गएको शनिबार कार्यदलको १० सदस्यीय टोलिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।

कार्यदलले बुझाएको उक्त मस्यौदामा शीर्ष नेताहरूले छलफल गर्ने र त्यसपछि सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । मस्यौदामा साझा कार्यक्रममा संविधानको रक्षा, आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने,आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधानलगायतका विषयलाई समावेश गरि प्राथमिकता दिइएको छ ।