Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि फागु पर्व सुरु, वसन्तपुरमा चीर ठड्याईयो

०४ आइतबार , चैत्र २०८०७ महिना अगाडि

आजदेखि फागु पर्व सुरु, वसन्तपुरमा चीर ठड्याईयो

आज फागुन शुक्ल अष्टमीका दिन बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा मौलिक बाजागाजासहित काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको छ । रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व शुरु भएको हो ।

मौलिक बाजागाजासहित काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको मानिन्छ । त्यसैगरी फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौँ तँलाछीका धालासिक्व मानन्धर समूहले वसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको सुरुवात हुने धार्मिक मान्यता समेत रहेको छ ।

यसअघि देखि नै विशेषगरी फागुको चीर धालासिक्व मानन्धर सनाः गू खल समाजले ठड्याउँदै आएको समाजका महासचिव गजेन प्रसाद मानन्धरले जानकारी दिएका छन् । उक्त रंगीचंगी सहितको चीर बनाउँदा नितान्त जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व शुरु भएको मानिन्छ ।

आज बिहान काठमाडौँ वसन्तपुरको हनुमान ढोका अगाडि शुभ साइतमा नेपाली सेना, गुर्जुको पल्टनलगायतको सहयोगमा चीर ठड्याएको थियो । काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा चैत ११ गते र तराई मधेशका विभिन्न जिल्लामा चैत १२ गते होली मनाइँदै छ ।