Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

०४ आइतबार , चैत्र २०८०७ महिना अगाडि

विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

काठमाडौँ महानगरपालिकाले महानगर भित्र रहेका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नगर्न निर्देशन दिएको छ । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले सम्झौता अवधि सकिएको सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो ।

महानगरले सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने बताएको छ । केही सामुदायिक विद्यालयले आफ्नो भवन वा बिद्यालय हातामा सटर बनाउने र भाडामा लगाउँने गरेकाको र कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएकोमा त्यसो नगर्न र सम्झौता अवधि सकिएको सटरको नवीकरण नगर्न निर्देशन दिएको सुचनामा उल्लेख गरिएको छ ।

महानगर भित्रका विद्यालयमा बनाइएका यस्ता कतिपय सटरको नक्सा पाससमेत नभएको अनुगमनको क्रममा देखिएको समेत महानगरपालिकाले सुचनामा जनाएको छ ।