Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

रोजगार मेलामा ५ सय बढी रोजगारी सिर्जना

०४ आइतबार , चैत्र २०८०२ बर्ष अगाडि

रोजगार मेलामा ५ सय बढी रोजगारी सिर्जना

विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’मा  ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । महानगरले दुई दिनसम्म सञ्चालन गरेको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना गर्दै मेला सम्पन्न भएको हो । उक्त मेलामा रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए ।

मेलामा रोजगारीका लागि आवेदन दिएकामध्ये ६१ जनाले तत्कालै रोजगारी पाएको बताईएको छ भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । महानगरका अनुसार अन्तरवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने बताईएको छ । महानगरले रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यले आयोजना गरेको मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सिइओ) सम्मको माग भएको छ ।

रोजगार मेलामा सबैभन्दा बढी बजार व्यवस्थापक (मार्केटिङ) मा माग भएको महानगरको रोजगार शाखाले जानकारी दिएको छ । महानगरले आगामी दिनमा पनि यस्ता मेला आयोजना गर्ने मेयर नागेश कोइरालाले प्रतिबद्धता जनाए । उनले समापन कार्यक्रममा बोल्दै दुई दिनको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना हुनु खुसीको कुरा भएको बताएका छन् । साथै मेयर कोइरालाले मेलालाई सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका थिए ।

महानगरपालिकाले आयोजना गरेको उक्त भब्य मेलामा स्वीस कन्ट्रयाक (आस्मा) नेपालको सहयोगमा सञ्चालित दुई दिने मेलामा उद्योग, होटेल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश गरिएको थियो ।