Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पोखरामा सूर्य तारा खेल महोत्सव-२०८० सुरु

०४ आइतबार , चैत्र २०८०२ बर्ष अगाडि

पोखरामा सूर्य तारा खेल महोत्सव-२०८० सुरु

गण्डकी प्रदेशको राजधानी पोखरामा सूर्य तारा (नेकास) खेल महोत्सव-२०८० सुरु भएको छ । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटी र सूर्य तारा क्लब गण्डकीको संयुक्त आयोजनामा शनिबारदेखि सूर्य तारा (नेकास) खेल महोत्सव २०८० भण्डार ढिक रंगशालामा सुरु भएको हो ।

शनिबारबाट सुरु भएको उक्त खेल महोत्सवको एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य, पूर्व मुख्यमन्त्री एवं गृह तथा स्वास्थ्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटीका सदस्य, नेपाल खेलकुद महासंघका इन्चार्ज, एवं पूर्व मन्त्री कर्ण बहादुर थापा, नेपाल खेलकुद महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामालगायतको उपस्थिति रहेको थियो ।

महोत्सवमा केन्द्रीय कोषाध्यक्ष उज्ज्वल सुवेदी, पार्टी प्रदेश कमिटी गण्डकीका अध्यक्ष नवराज शर्मा, पार्टी कास्की जिल्ला कमिटीका अध्यक्ष पार्टी केन्द्रीय सदस्य राजीव पहारी, पार्टी कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल खेलकुद महासंघका नेताहरूलगायतको पनि उपस्थित रहेको थियो । 

आगामी चैत्र १० गतेसम्म चल्ने उक्त खेल महोत्सवमा विभिन्न खेलहरू हुने आयोजकले बताएको छ ।