Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आयोगको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

०२ शुक्रबार , चैत्र २०८०२ बर्ष अगाडि

आयोगको सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले कसैको दबाबमा नपरी आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका हुन् ।

जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाए पछी उपप्रधानमन्त्री लामिछानेसँग आज आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले आयोगले गरेको सिफारिसलाई कार्यान्वयन गर्न निर्देशन दिइएको बताईएको छ ।

उपप्रधानमन्त्री लामिछानेमालाई प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका हुन् । उनले दोषीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको बताईएको छ ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीको निर्देशनपछि  प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको बताईएको छ ।