Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शैक्षिक सत्र शुरु हुनु अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक

०२ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

शैक्षिक सत्र शुरु हुनु अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विगतका वर्षमा भन्दा अगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने भएको छ । केन्द्रले  नयाँ शैक्षिक सत्र २०८१ शुरू हुन अगावै आउँदो चैत्रको १६ गतेदेखि पुस्तक वितरण शुरु गरेको हो ।

वितरण केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्रबाट चैत १६ गतेदेखि वितरण शुरू हुने छ । शैक्षिक सत्र शुरू हुँदासम्म पूरै सेटमा सबै कक्षाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउँने निर्देशक झाको दाबी छ ।

निर्देशक झाले कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेको र चैत १५ गतेभित्र बाँकी ५ प्रतिशत पुस्तक पनि छपाइ सकिने बताएका छन् । त्यस्तै केन्द्रले  पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४ सैँ घण्टा चलिरहेको जानकारी दिएको छ ।

आउँदो शैक्षिक सत्रका लागि केन्द्रले १ करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा १ करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न शुरु गर्नेछ । पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा र अन्तमा उपत्यकामा गरी पुस्तक वितरण गरिने बताइएको छ ।

छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्‍याउने काम भइरहेकोले पनि यस वर्षको भर्ना अभियान सुरु हुन अगाडिनै विद्यालयमा पाठ्यपुस्तक पुग्ने निर्देश झाले बताए ।

आउँदो शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रले  चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र शुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो । 

आगामी वर्षदेखि सरकारले कक्षा १ देखि नै छपाइको जिम्मा दिए पनि  समय अगावै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन सक्ने केन्द्रको दाबी रहेको छ ।