Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

०२ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

आगामी आईतबार पर्यटकीय शहर पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुने घोषणा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आय्जकाले बताएको छ ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले कार्यक्रमको तयारि पुरा भएको बताउदै घोषणा मूल समारोहअघि बसुन्धरा उद्यानबाट विभिन्न साँस्कृतिक झाँकीसहितको र्‍याली निकालिने र फेवाताल किनार बाराही घाटमा घोषणा समारोह हुने बताए । साथै, उनले राजधानी शहरको प्रतिमा अनावरणपछि औपचारिक घोषणा हुने बताएका छन् ।  

पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गर्दै घोषणा समारोहलाई भव्य बनाउने तयारि गरिएको छ । उक्त समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिव, पोखराका छिमेकी पालिका रूपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष र पर्यटन संघ संस्थालगायतका रहेका छन् ।

राजधानी घोषणा समारोहलाई भव्य बनाएर अन्तर्राष्ट्रियस्तरमा परिचित बनाउन चीन र भारतका राजदूत तथा विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई निमन्त्रणा गरिएको आयोजकले बताएको छ । यसअघि गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो ।

अध्ययन समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएपछी पोखरा महानगर प्रमुख आचार्यले घोषणा समारोहलाई उत्सव बनाउने गरी भव्य तयारी गरेको बताउदै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए ।