Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिन्धुलीमा प्रेसर कुकर बम बिस्फोट

०२ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

सिन्धुलीमा प्रेसर कुकर बम बिस्फोट

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-१ दुम्जा डाँडामा प्रेसर कुकर बम विस्फोट भएको छ । आज बिहान भएको बम विस्फोटका कारण वीपी पार्कमा रहेको नेपाल टेलिकमको टावरको सानो घरमा सामान्य क्षेती पुगेको छ ।

आज विहान ३ बजे बम विस्फोट भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । प्रहरीकाअनुसार नेपाल टेलिकमको टावर कम्पाउन्डभित्र रहेको पक्की घरको झ्यालमा कुकर बम पड्काएको देखिएको बताईएको छ । उक्त स्थानमा कुकरको बिर्को झ्यालम अड्किएको र कुकरको मुख्य भाग भुँईमा रहेको साथै घटनास्थलमा दुई वटा पेट्रोलको खाली बोत्तल र पीएलए जनमुक्ति सेना नामको पम्प्लेट फेला परेको प्रहरीको भनाइ छ ।

बम विस्फोटबाट मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ । विस्फोटले नेपाल टेलिकम र एनसेल दुवै कम्पनीको टावरमा कुनै क्षति नपुगेको बताउदै प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य तिब्र पारेको बताएको छ ।