Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पीडितलाई गृह मन्त्रालयले गाडी खोजेर घर पठायो

०१ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

पीडितलाई गृह मन्त्रालयले गाडी खोजेर घर पठायो

पैसा नभएर घर फर्किन नसकेका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । सरकारसँग सहमति भएपछी घर फर्किन गाडीभाडा नभएर अलपत्र परेको थाहा पाएपछि मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि मिटरब्याज पीडितलाई गाडीको व्यवस्था गरेर घर फर्काइएको बताईएको छ । उनीहरुलाई मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर घर फर्काउन गाडीको व्यवस्था गरिएको थियो ।

ट्राफिक प्रहरीसँग समन्वय गरेर ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई घर पठाईएको छ । ४२ दिनसम्म आन्दोलन गर्दै आएका मिटरब्याज पीडितसँग सोमबार मन्त्रालयले चार बुँदे सहमति गरेपछी आन्दोलन स्थगित भएको थियो ।