Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालमा सामाजिक सञ्जाल 'भाइबर' दर्ता

०१ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

नेपालमा सामाजिक सञ्जाल 'भाइबर' दर्ता

नेपालमा सामाजिक सञ्जाल 'भाइबर' सुचिकृत भएको छ । भाइबर सुचिकृत भएसंगै नेपालमा सुचिकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ ।

नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले सुचिकृत गर्दै भाइबरलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको बताईएको छ ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी सोही निर्देशिकाको दफा ३ को उपदफा ६ बमोजिम सामाजिक सञ्जाल प्ल्याटफर्म सञ्चालन गर्न मन्त्रालयले स्वीकृत प्रदान गरेको हो ।

गत फागुन ११ गते लक्जबवर्गस्थित भाइबर मिडियाको कार्यालयलाई पत्राचार गर्दै मन्त्रालयले भाइबर नेपालमा औपचारिक रुपमा सूचीकृत भएको जानकारी गराएको थियो । 

त्यसैगरी अन्य सामाजिक सञ्जालहरु लिंकदिन् र स्न्याप च्याट पनि नेपालमा दर्ताको प्रक्रियामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।