Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पाथीभराबाट १ महिनामा ५५ लाख बढी भेटी संकलन

०१ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

पाथीभराबाट १ महिनामा ५५ लाख बढी भेटी संकलन

ताप्लेजुङको पाथीभरा मन्दिरबाट फागुन महिनामा ५५ लाख भन्दा बढी भेटी संकलन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुन महिनामा मात्रै ५५ लाख ७० हजार ८ सय ८० रुपैयाँ भेटि संकलन भएको र उक्त भेटि रकम विभिन्न बैंकमा जम्मा गरिएको हो ।  

समितिले फागुनमा जम्मा भएको भेटी रकमबारे फागुन ३० गते बुधबार सार्वजनिक जानकारी गराएको थियो । समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा संकलित भेटीघाटी सार्वजनिक गर्दै आएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताएका छन् ।

भेटिसंगै पाथीभरामा संकलन भएको सुनचाँदीका लागि फागुन २० गते लिलाम बिक्री प्रक्रियामा राखिएको छ । जसमा रिफाइन गरिएको १ सय ७८ तोला ८२ लाल सुन र पाँच हजार २ सय ९८ तोला १२ लाल चाँदी रहेको छ ।

फागुन महिनामा स्वदेशी तथा विदेशी गरी १७ हजार ९ सय १२ जना तीर्थयात्री पाथीभरा मन्दिरमा पुगेको पनि समितिले बताएको छ । अहिले मौसम न्यानो भएर घाम लागेसँगै पाथीभरामा भक्तजन आउनेक्रम बढेको पनि समितिको भनाई छ ।