Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कुवेतमा भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

०१ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

कुवेतमा भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

कुवेतको महाबुल्ला क्षेत्रमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ । उक्त सडक दुर्घटनामा एउटै कम्पनीमा काम गर्ने तीन जना नेपालीको मृत्यु भएको हो ।

मंगलबार बिहान भएको सडक दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको कुवैतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक-५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौँका सुजन कार्की र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेको बताईएको छ ।

दूतावासकाअनुसार उनीहरू त्यहाँको पापाजोन कम्पनीमा कार्यरत रहेको र कामबाट रुममा फर्किन लागेका उनीहरू मंगलबार बिहान सडक छेउमा उभिरहेका बेला हुँईकिएर आएको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घटना भएको जानकारी पाएलगत्तै दूतावासले आवश्यक प्रक्रियाअगाडि बढाएको र परिवार तथा कम्पनीसँग नियमित सम्पर्कमा रहेर मृतकका शव नेपाल पठाउने तथा वीमाका लागि पहल गरिरहेको नेपाली दूतावास कुवेतका सूचना अधिकारी प्रेमराज गौतमले बताएका छन् ।