Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वडाको सिफारिस नभए विवाह गर्न नपाईने

०१ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

वडाको सिफारिस नभए विवाह गर्न नपाईने

विभिन्न कामका लागि चाहिने वडाको सिफारिस अब विवाहका लागि पनि अनिवार्य बनाईएको छ । वडाको सिफारिस अनिवार्य बनाउनेमा रौतहटको चन्द्रपुर नगरपालिका रहेको छ ।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गर्दै बुधवार एक सूचना जारी गरेको छ ।  नगरपालिकाले नगर क्षेत्रका नागरिकले विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरेको सुचनामा बताईएको छ ।

कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले कम उमेरको विवाह रोक्न नगरपालिका भित्रका दश वटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गरिएको हो ।

नगरपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडाहरुलाई निर्देशन दिइएको छ । साथै, विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने र विवाह गर्न कानुनी रुपमा २० वर्ष उमेर पुगेको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बालविवाह अन्त्य गर्नका लागि विवाह गर्न सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको बताएका छन् ।