Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हाइटीका प्रधानमन्त्री दिए राजीनामा

३० बुधबार , फाल्गुण २०८०७ महिना अगाडि

हाइटीका प्रधानमन्त्री दिए राजीनामा

क्यारेबियन राष्ट्र हाइटीमा बढेको हिंसा र लुटपाटका घटनापछी प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन् । लगातारको हिंसा र लुटपाटका घटनाहरू बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन् ।

अल जजिराकाअनुसार हाइटीको राजधानीमा ८० प्रतिशत भूभागमा विद्रोही पक्षले नियन्त्रणमा लिएको दाबी गरिरहेका बेला प्रधानमन्त्री हेनरीले शान्ति सुव्यवस्था कायम गराउनका लागि आफू पदबाट पछि हट्न तयार रहेको बताईएको छ ।

प्रधानमन्त्रीले पदबाट राजीनामा दिए पछि अव नयाँ सरकार नबन्दासम्म हेनरी कार्यबहाक प्रधानमन्त्रीको रूपमा रहने छन् । साथै, उनले एक भिडियो सन्देश जारी गर्दै संक्रमणकालीन परिषद् स्थापना गर्ने र उक्त परिषद्ले प्रधानमन्त्री र नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने बताएका थिए ।

उनले आफू हाइटीको हान्ति र स्थिरता चाहने व्यक्ति भएकाले पदबाट पछि हट्न तयार रहेको उल्लेख गरेका छन् । हाइटीमा हिंसा लगातार बढेपछि केन्या पुगेका प्रधानमन्त्री हेनरी उतैबाट अमेरिका गएका थिए । विद्रोही समूहले राजधानी पोर्ट-ओ-प्रिन्सको अन्तर्राष्ट्रिय विमानस्थलसमेत कब्जामा लिएपछि फर्किन नपाएका उनले उतैबाट भिडियो सन्देश जारी गरेको बताईएको छ ।

हाइटीमा हिंसाका कारण हालसम्म त्यहाँका ३ लाख ६२ हजार नागरिक विस्थापित भएको बताईएको छ ।