Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बेहडाबाबा दर्शनका लागि पूर्वयुवराज कैलालीमा

३० बुधबार , फाल्गुण २०८०२ बर्ष अगाडि

बेहडाबाबा दर्शनका लागि पूर्वयुवराज कैलालीमा

धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि पूर्वयुवराज पारश शाह कैलाली पुगेका छन् । पूर्वयुवराज शाह आफ्ना केही समर्थकहरूसहित बेहडाबाबा मन्दिर दर्शनका लागि त्यहाँ पुगेका हुन् ।

पूर्वयुवराज शाह फागुन २८ गते राती धनगढी पुगेको बताईएको छ । उनले भोलिपल्ट फागुन २९ गते मंगलबार बिहान बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका सचिव वीरेन्द्र चन्दले बताएका छन् ।

बेहडाबाबा मन्दिरमामा समर्थकका साथ ४ घण्टा बिताएका शाह अहिले धनगढीस्थित रुवस हाेटेलमा बसेका छन् । शाहले सुदूरपश्चिम प्रदेशका धार्मिक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको र उनी झण्डै एक साता सुदूरपश्चिममै रहने बताइएकाे छ ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमण र नागरिक अभिनन्दनमा सहभागी हुन् मुलुकको विभिन्न जिल्लामा पुगेका थिए ।