Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु

३० बुधबार , फाल्गुण २०८०७ महिना अगाडि

मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा उत्तम र विशेष महिना तथा मुख्यपर्व रमजान सुरु भएको छ । आईतबारदेखि सुरु भएको यो पर्व मुस्लिम धर्मालम्बीहरूले १ महिनासम्म दिनभरी निराहार व्रत बसेर नमाज पढ्ने र साँझा ईफ्तारमा मिठाई फलफुल लगायतका खानेकुरा खाने गर्दछन ।

इस्लाम धर्मावलम्बीको हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने चलन रहेको छ । यो पर्वमा हरेक दिन आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको पाईन्छ ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

मुस्लिम समुदायका मानिसहरुले बस्ने रोजा भनेको बिहान ३ : ४३ देखि बेलुका ६ : ५० बजेसम्म पानी समेत नपिई बस्ने ब्रत हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्दछ भने बिरामी, गर्भवती महिला र अशक्तलाई भने रोजा बस्न छुट छ दिइएको तर रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्छ ।

रमजान पर्वमा दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब-दुःखीको सेवा । एकातिर यसले आफ्नो शारीरिक शुद्धीकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित गराउने भएकाले यो पर्वलाई पवित्रता र पूण्यको पर्वको रुपमा मानिन्छ ।

रमजानको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना समेत दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्रीले यो पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भनी कामना गरेका समेत गरेका छन् ।