Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

निःशुल्क उपचार गर्न पशुपतिमा महायज्ञ

२९ मंगलबार , फाल्गुण २०८०२ बर्ष अगाडि

निःशुल्क उपचार गर्न पशुपतिमा महायज्ञ

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित पशुपतिमा महायज्ञ हुने भएको छ । पशुपति मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको हो ।

पशुपतिनाथ मन्दिर परिसरमा हुने महायज्ञले पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने सहयोग पुग्ने बताईएको छ । पाशुपति क्षेत्रमा आजोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य संघ संस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा निकोलस भुसालले जानकारी दिएका छन्  ।

महायज्ञमा चैतन्य कृष्ण महाराजद्वारा कथा वाचन गरिने बताईएको छ भने घर–घरमा ज्ञान, ध्यान र योग पुर्‍याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको आयोजकले बताएको छ ।

महायज्ञमा करिब १ लाख भक्तजन उपस्थित हुने अनुमान सहित महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको बताईएको छ ।