Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नयाँ वर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक

२९ मंगलबार , फाल्गुण २०८०२ बर्ष अगाडि

नयाँ वर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक

राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले संग्रहालय र विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचीन कलाकृति समावेश गरी नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो ।

बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गर्ने तयारी गरेसंगै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका थिए ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । 

त्यस्तै  ग्लोबल आइएमई बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा  प्रदान गर्दै आएको छ ।