Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नक्कली औषधि बिक्रेता पक्राउ

२९ मंगलबार , फाल्गुण २०८०७ महिना अगाडि

नक्कली औषधि बिक्रेता पक्राउ

बाँके जिल्लास्थित डुडुवा गाउँपालिका वडा नं. ६ को चौधरीपुर्वामा नक्कली औषधि बिक्रेता पक्राउ परेका छन् । विकास लखेर नाम गरेका नक्कली औषधि विक्रेतालाई जिल्ला प्रशासन कार्यालय बाँकेले पक्राउ गरेको हो ।

जिल्ला प्रशासनले लखेरलाई पक्राउ गर्दै उनको औषधि पसलसमेत सिल गरेको बताईएको छ । उनको औषधि विक्री गर्ने कुनै योग्यताको प्रमाण पत्र नभएको र औषधि पसल पनि प्रचलित कानूनबमोजिम दर्ता नगरिएको साथै औषधि पसलमा रहेका ७५% बढी औषधि म्याद गुज्रिएको अवस्थामा रहेको पाइएकोले पक्राउ गरिएको थियो ।

नक्कली औषधि बिक्रेता लखेरको पसलमा नेपालमा उपयोग गर्न निषेध गरिएको औषधि र म्याद गुज्रिएका औषधिमा पनि हातैले ओभर राइट गरी थप गरिएको औषधिहरू बरामद भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिएका छन् ।

नक्कली बिक्रेता लखेरलाई औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरी औषधि विक्री वितरण सम्बन्धी कानून बमोजिम कारबाही गरिने बताईएको छ ।