Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सक्रियरुपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन

२८ सोमबार , फाल्गुण २०८०७ महिना अगाडि

सक्रियरुपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन

देशको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रियरुपमा काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन प्रवर्द्धकलाई निर्देशन दिएका छन् । मन्त्री तामाङले पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रियता साथ काम गरि देशको हितमा लाग्न प्रवर्द्धकहरुलाई निर्देशन दिएका हुन् ।

हालसालै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियुक्त मन्त्री तामाङले नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आइतबार मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै पर्यटन प्रवर्द्धनका साथै विदेशबाट धेरै लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गरेका थिए ।

देशको पर्यटन प्रवर्द्धनका निम्ति प्रवर्द्धकको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री तामाङले देश र जनताको पक्षमा काम गर्न समेत आग्रह गरेका छन् । सरकारले यसअघि २०८० फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न देशमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ प्रवर्द्धक नियुक्त गरेको थियो ।