Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शेर्पा समुदायले २१५१ औँ ग्याल्पो ल्होसार मनाउँदै

२८ सोमबार , फाल्गुण २०८०७ महिना अगाडि

शेर्पा समुदायले २१५१ औँ ग्याल्पो ल्होसार मनाउँदै

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार यस वर्ष पनि भव्य रुपमा मनाईदै छ । शेर्पा समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्षका रुपमा मनाइने २१५१ औँ ग्याल्पो ल्होसारलाई आज बाघ वर्षको बिदाइ र खरायो वर्षको स्वागतको रुपमा मनाउन लागिएको हो ।

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ । बौद्ध धर्मावलम्बीको पर्वको रुपमा मनाईने यस ग्लाल्पो लोसारलाई विविध कार्यक्रमको आयोजना गरि शेर्पा समुदायले भव्यरुपमा मनाउने गरेका छन् ।

शेर्पा समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको ग्याल्पो ल्होसारमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको पाईन्छ । ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरेर भव्यरुपमा मनाउने परम्परा शेर्पा समुदायमा रहेको छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको भनाई छ । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लासँगै भारत, भुटानलगायत विभिन्न देशमा समेत मनाउने गरेको पाईन्छ ।

आज बौद्ध स्तूप र शेर्पा सेवा केन्द्रमा पूजा आराधना गर्दै शेर्पा समुदायको सांस्कृतिक नाच एवं भेशभूषा प्रदर्शन कार्यक्रमको आयोजना गरिन्छ । ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी १५ दिनसम्म मनाउने गरेका छन् ।