Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बसको ठक्करबाट घाईते ट्राफिकको मृत्यु

२८ सोमबार , फाल्गुण २०८०७ महिना अगाडि

बसको ठक्करबाट घाईते ट्राफिकको मृत्यु

गत फागुन २० गते कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोपबहादुर खत्रीको मृत्यु भएको छ ।

कोटेश्वरमा जुनेली यातायातको बसले ठक्कर दिएर घाइते भएका प्रहरी नायब निरीक्षक खत्रीको उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नायब निरीक्षक खत्री जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट घाइते भएका थिए । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ ।