Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मलेसिया सरकारले जुनदेखि आप्रवासी श्रमिक नलिने

२७ आइतबार , फाल्गुण २०८०७ महिना अगाडि

मलेसिया सरकारले जुनदेखि आप्रवासी श्रमिक नलिने

मलेसियाको श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिक नलिने निर्णय गरेको छ । मलेसियाको गृह मन्त्रालयले जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गर्दै मे महिनाको अन्तिम सम्म मात्र आप्रवासी श्रमिकलाई प्रवेश दिने निर्णय गरेको हो ।    

मलेसियाको गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले पत्रकार सम्मेलन गर्दै सरकारले आप्रवासी श्रमिकको सङ्ख्यालाई नियन्त्रण गर्न चाहेको बताएका थिए । उनले मलेसियाको कुल श्रम शक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति तय भएको बताउदै सोहि अनुसार स्वीकृत कोटामा कम्पनीहरूलाई आप्रवासी कामदार भित्राउनका लागि मे ३१ सम्मको समय दिइएको बताए ।

अहिले मलेसियाको श्रम शक्ति करिब १ करोड ७० रहेको र सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइने बताईएको छ । तर अहिले नै २१ लाख ३० हजार ९ सय ३१ आप्रवासी मलेसियामा कार्यरत रहेकाले जुलाईदेखि आप्रवासी श्रमिक नलिने निर्णय गरेको हो ।

मलेसियामा अहिले ५ लाख हाराहारीमा नेपालीहरू कार्यरत रहेका छन् । ०७५ सालयता नेपालबाट शून्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीहरूलाई प्राथमिकतामा राखेर लैजाने गरेको थियो । पछिल्लो समय मलेसियामा कम्पनीहरूले ओभरटाइम नदिने गरेपछि आप्रवासी कामदारको आकर्षण घटेको र कतिपय काम नपाएर अलपत्र पर्ने गरेको छ  ।