Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नसर्ने रोगबाट हरेक वर्ष ४ करोड १० लाख मानिसको मृत्यु

२७ आइतबार , फाल्गुण २०८०२ बर्ष अगाडि

नसर्ने रोगबाट हरेक वर्ष ४ करोड १० लाख मानिसको मृत्यु

नसर्ने रोगबाट विश्वमा वार्षिक ४ करोड १० लाख मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो तथ्यांकले उक्त कुराको पुष्टि गरेको हो ।  

विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरणअनुसार विश्वभर नसर्ने रोगबाट प्रत्येक वर्ष ४ करोड १० लाख मानिसले नसर्ने रोगका कारण ज्यान गुमाउँने गरेका छन् । त्यस्तै हरेक वर्ष ७० वर्ष नपुग्दै नसर्ने रोगका कारणबाट १ करोड ७० लाख मानिसको मृत्यु हुने गरेको बताईएको छ ।

नसर्ने रोगमध्येको एक मुटु तथा रक्तनलीसम्बन्धी रोगका कारण वार्षिक १ करोड ७९ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । त्यसैगरी क्यान्सर रोगबाट विश्वभर प्रतिवर्ष ९३ लाखले ज्यान गुमाउछन भने विश्वभर प्रतिवर्ष दीर्घ श्वासप्रश्वास रोगका कारण ४१ लाख,मधुमेह बाट २० लाख जनाले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको विवरणमा उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले यस्ता नसर्ने रोगबाट हुने संक्रमण तथा मृत्युलाई जीवनशैली सुधार गरेर  रोकथाम गर्न सकिने भए पनि रोकथाम गर्न नसकिएको जनाएको छ । विशेषगरी बदलिँदो जीवनशैली, खानापान, मोटोपन, धूमपान तथा अधिक मद्यपानलाई नसर्ने रोगको प्रमुख कारक तत्त्व मानिएको छ ।  

नसर्ने रोग बढ्नुको कारण मध्ये बढ्दो जलवायु परिवर्तन पनि प्रमुख कारक रहेको छ । बढ्दो जल-वायु प्रदूषण र अत्यधिक वर्षाजस्ता कारणले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा मानवको स्वास्थ्यमा असर पारिरहेको र नसर्ने रोग बढ्दै गएको हो । 

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआईएस)को रिपोर्ट अनुसार पछिल्ला वर्षमा मुटु र मिर्गौला रोगका साथै क्यान्सर जस्ता नसर्ने रोग बढ्दै गएको छ ।  

हाल देशभर ३ लाख १२ हजार ३ सय ४२ जना मधुमेहका बिरामी रहेको देखिएको छ। कार्डियो भास्कुलर रोगका बिरामीको संख्या नेपालमा १९ हजार २ सय ६२ र क्यान्सर रोगका बिरामीको संख्या ६७ हजार ३ सय ८२ रहेको एचएमआईएसको रिपोटमा उल्लेख गरिएको छ ।