Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यता हटाइने

२७ आइतबार , फाल्गुण २०८०२ बर्ष अगाडि

रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यता हटाइने

रगत दान गर्ने दाताले रगत निःशुल्क दान गरे पनि रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई हटाउन सहयोग गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । उनले ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उक्त कुरा बताएकी हुन् ।

निःशुल्क दान गरेको रगत प्रशोधनलगायत सेवा शुल्क लिँदा रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यता रहेकको र त्यसलाई हटाउन आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयमार्फत सहयोग गरिने मन्त्री शर्माले बताएकि हुन् । उनले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरेकी छन् ।

सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदानसम्बन्धी चेतनामूलक सामग्री थप्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले रक्तदानसम्बन्धी चेतना जागृत गर्न सरकारले ध्यान दिने र सार्वजनिक सूचना र सन्देशमा पनि यसलाई अनिवार्य गरिने बताएकि छन्  ।

मन्त्री शर्माले सामान्य अवस्थामा पनि रगत आवश्यक पर्ने भएको र हाम्रो देश विपद्को जोखिममा रहेकाले आपत्कालीन रगत व्यवस्थापनलाई समग्र विपद् व्यवस्थापनकै एउटा पाटोका रुपमा जोडेर लैजानुपर्ने बताइन् । उनले रेडक्रस, ब्लड डोनर्स एसोसिएसनजस्ता सामाजिक संस्थाले नेपालमा रगत व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउदै त्यसलाई देशकै अभियानका रुपमा जोडेर निरन्तर सञ्चालन गर्दै लानुपर्ने बताएकी छन् ।