Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उमेर पुगेर विवाह गरेका जोडीलाई सम्मान

२७ आइतबार , फाल्गुण २०८०७ महिना अगाडि

उमेर पुगेर विवाह गरेका जोडीलाई सम्मान

डोटी जिल्लास्थित जोरायल गाउँपालिका-६ मा उमेर पुगेर विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । वडाले गत जेठ ३१ गते गरेको निर्णयअनुसार २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने योजना अनुसार उमेर पुगेर विवाह गरेका जोडीलाई सम्मान गरेको हो ।

वडाले सम्मान गरेको जोडीमा सोही वडाको सित्तोली माइती भई बैतडीको मेलौली नगरपालिका-३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको बताईएको छ । उक्त नव दम्पतिलाई टीका, खादा, मायाको चिनो र नगद सहित गाडी भाडास्वरूप चार हजार एक सय २५ पनि सहयोग गरेको वडा अध्यक्ष गणेशबहादुर बोहराले जानकारी दिएका छन् ।

वडाले बालविवाह रोक्न दण्ड तथा सजायले मात्रै सम्भब नदेखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको जनाएको छ । उक्त कार्यले समाजमा बालविवाह रोक्न सहयोग पुगेको र कार्यक्रम सुरु भएपछि अन्य जोडीले पनि उमेर पुगेपछि विवाह गरेको बताईएको छ । साथै उमेर पुगेपछि विवाह गरेका अन्य जोडीलाई पनि समयमै सम्मान गर्ने बताईएको छ ।

वडाको अभियानमा अन्य संघ संस्थाको समेत साथ रहेको र छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको समेत वडा अध्यक्ष बोहराले बताएका छन् ।