Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

समयमै सहकारीको ऋण तिर्न सरकारको उर्दी

२५ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

समयमै सहकारीको ऋण तिर्न सरकारको उर्दी

सहकारीबाट लिएको ऋण समयमै तिर्नका लागि बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले उर्दी जारी गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै सहकारीको ऋण समयमै तिर्न आग्रह गरेको हो ।

मन्त्रालयले सूचनाअनुसार जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको सावा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न समेत आग्रह गरेको छ । त्यस्तै सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिब्याक्तिको पछी नलाग्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

सहकारीको ऋण तिर्नु नपर्ने भन्ने भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिब्याक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न समेत असहज परिस्थिति सृजना भएकाले कर्जा चुक्ता गर्न उर्दी जारी गरेको बताईएको छ । सहकारीमा सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने हुँदा सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्दै समयमै ऋण चुक्ता गर्नुपर्ने मन्त्रालयले स्पष्ट गरेको छ ।

मन्त्रालयको सुचनामा ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम ऋणीको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राखि सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्ड अनुसार कारवाही हुने भएकाले समयमै कर्जा चुक्ता गर्न अनुरोध गरेको छ ।