Advertisement Banner
Advertisement Banner

१० सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आज ११४ औ ‘अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस’ मनाइँदै

२५ शुक्रबार , फाल्गुण २०८०३ बर्ष अगाडि

आज ११४ औ ‘अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस’ मनाइँदै

हरेक वर्ष झैं यसवर्ष पनि ११४ औ ‘अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस’ मनाइँदै छ ।  सन् १९११ देखि मनाउन सुरु गरिएको यो दिवस हरेक वर्ष मार्च ८ मा मनाईने गरिएको छ ।  

मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस’ नेपालमा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरि मनाईदै छ । सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले सन् १९०९ फेब्रुवरी २८ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन नारी दिवस मनाएको थियो भने  १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दिएको थियो ।

१९१७ मा रसियाका महिलाहरूले, नारी दिवसमा गाँस र कपासको लागि ऐतिहासिक हडतालमा जाने निर्णय गरेपछी जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दिएकाले ८ मार्चलाई नारी दिवसको रूपमा मनाउन थालिएको हो ।

हरेक वर्ष ८ मार्चलाई नारी दिवसको रूपमा मनाउन थालिए पनि नेपालमा भने महिलाहरुको अवस्थामा खासै परिवर्तन हुन नसकेको तर पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको छ । 

राजा त्रिभुवनको पालो देखि नेपालमा यो दिवस मनाउन थालिएको र सोहि समयमा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरले कानून बनाएरै सती प्रथाको  उन्मूलन गरेको ईतिहासमा समेत उल्लेख छ ।