Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाली सेनाले २६१औं वार्षिकोत्सव मनाउदै

२५ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

नेपाली सेनाले २६१औं वार्षिकोत्सव मनाउदै

नेपाली सेनाले विविध कार्यक्रमको आयोजना गर्दै सैनिकमञ्च टुडिखेलमा २६१औं वार्षिकोत्सव मनाउदै छ । सेनाले स्थापनाको २६१औं वर्ष प्रवेश गरेको अवसरमा सैनिकमञ्चमा विशेष समारोहको बीच वार्षिकोत्सव मनाउन लागेको हो ।  

नेपाली सेनाले सैनिकमञ्चमा विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विशिष्ट पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष झैँ यसवर्ष पनि सेनाले शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा  विशेष कार्यक्रमको आयोजना गरेको छ ।

वार्षिकोत्सव कार्यक्रममा परेड तथा तोप बढाइँ, कवाज लगायतका प्रस्तुती प्रदर्शन गरिएको छ । आजको उक्त कार्यक्रममा नेपाललगायत भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाले सांगीतिक प्रस्तुति र प्रदर्शन गर्ने बताईएको छ ।

त्यस्तै सेना दिवससंगै आज मुलुकभर शिवरात्री पर्वको अवसरमा शिव भगवानको पूजा आराधना गरि शिवरात्री पर्व मनाईदैछ । विशेष गरि काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुईंचो लागेको छ ।