Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बेलायतमा भरतपुर महानगरकि मेयर रेनु सम्मानित

२५ शुक्रबार , फाल्गुण २०८०२ बर्ष अगाडि

बेलायतमा भरतपुर महानगरकि मेयर रेनु सम्मानित

बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’ मा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानित भएकी छन् । मेयर दाहाललाई गएराति उक्त अवार्ड प्रदान गर्दै सम्मान गरिएको हो ।

पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको उक्त अवार्ड एक विशेष समारोहबीच लण्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका व्यक्तिहरुको सहभागीतामा दाहाललाई अवार्ड वितरण गरिएको बताईएको छ । उक्त कार्यक्रममा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै २०२४ को उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर लगायतका रहेको बताईएको छ ।

उच्च राजनीतिक नेतृत्वबीच सम्मानित भएकोमा खुशी ब्यक्त गर्दै भरतपुर महानगरपालिकाकी मेयर दाहालले बेलायतका उच्च अधिकारीहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ को निमन्त्रणा समेत दिएकी छन् ।