Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पशुपतिमा दर्शनार्थीको भिड व्यवस्थापनका लागि सवारी डाइभर्सन

२५ शुक्रबार , फाल्गुण २०८०८ महिना अगाडि

पशुपतिमा दर्शनार्थीको भिड व्यवस्थापनका लागि सवारी डाइभर्सन

आज महाशिवरात्रि पर्वलाई मध्यनजर गर्दै पशुपति क्षेत्र प्रवेश गर्ने दर्शनार्थीको लागि प्रहरी ट्राफिक व्यवस्थापन गरिएकाे छ । पशुपति जाने दर्शनार्थीहरूको भिड बढ्ने भएकोले सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरिएकाे हो ।

पशुपति क्षेत्रको गौशाला तर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगा लगायतका 
स्थानहरुबाट डाइभर्सन गरिएकाे प्रहरीले जनाएको छ ।

त्यस्तै मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको बताईएको छ । गौशाला क्षेत्रमा सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अनुरोध गरेको छ ।

पशुपति क्षेत्रमा बिहीबार रातिदेखि नै भीड बढेको छ भने पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि दर्शनका लागि भक्तजन लाइन लागेका छन् । दर्शनार्थीले लामो समयसम्म लाइन बसेर पशुपति दर्शन गरेका छन् । मुलुकको बिभिन्न सथानाबाट र छिमेकी देश भारतबाट आएका तीर्थयात्रीले पशुपतिनाथ मन्दिर परिसर लगायत मुलुकका विभिन्न शिवालयहरुमा भक्तजनको भीड लागेको छ ।