Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पत्रकार महिला र खेलाडी महिलाबिच मैत्रीपूर्ण ‘टच रग्बी’ सम्पन्न

२४ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

पत्रकार महिला र खेलाडी महिलाबिच मैत्रीपूर्ण ‘टच रग्बी’ सम्पन्न

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार महिला र महिला रग्बी टिमबिच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रग्बी कमिटीको आयोजनामा भएको ‘टच रग्बी’ खेलमा विभिन्न सञ्चार माध्यममा आबद्ध २५ जना महिला पत्रकार तथा आयोजक टोलीका २५ जना खेलाडीसहभागी थिए ।

शान्तिनगर फूटसलमा भएको मैत्रीपूर्ण खेलको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्यालले प्रत्येक घरमा एक महिला खेलाडी हुन सके महिलामाथि हुने विभेद कम हुने विश्वास व्यक्त गरेकी छन् । हरेक क्षेत्रमा महिलालाई सशक्त रूपमा अगाडि बढाउन सके समाजमा हुने विभिन्न किसिमका हिंसा रोक्न सकिने उनको भनाइ थियो ।

नेपाल रग्बी कमिटीकी महिला विभाग प्रमुख तथा क्याप्टेन एलिसा थापाले रग्बी खेल अन्य खेलजस्तै दिन प्रतिदिन लोकप्रिय बन्दै गएको बताइन । उनले स्वास्थ्यका लागि खेल महत्वपूर्ण भएकाले आगामी दिनमा पनि यस किसिमको प्रतियोगिताको आयोजना गरिने जानकारी दिएकी छन् । 

साथै, थापाले खेल क्षेत्रमा महिलालाई आकर्षित गराउँदै लगेमा समाजमा महिलामाथि हुने हत्या, हिंसा र बलात्कारजस्ता जघन्य घटनालाई न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरेकी छन् ।