Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख २५ हजार

२४ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख २५ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै १ लाख २५ हजार रुपैया पुगेको छ । आज सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च तोलाको १ लाख २५ हजार रुपैया पुगेको हो ।

नेपाली बजारमा बुधवार तोलाको १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज थप १५ सय बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको १ लाख २३ हजार रुपैयाँ कारोवार भएको सुनको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो । त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएकोमा आज तोलामा १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको छ ।