Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिभुवन विमानस्थलमा उत्तरबाट अवतरण गर्न नपाईने

२४ बिहिबार , फाल्गुण २०८०८ महिना अगाडि

त्रिभुवन विमानस्थलमा उत्तरबाट अवतरण गर्न नपाईने

काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी चैत्र १९ गते अर्थात अप्रिल १ तारिक देखि उत्तरी दिशाबाट जहाज अवतरणमा नपाईने भएको छ । विमानस्थलको ‘रनवे टूजिरो’को उत्तरी क्षेत्रमा ‘ट्याक्सी वे’मा काम गर्नुपर्ने भएकाले अवतरणमा रोक लगाईएको हो ।

आगामी २०८१ असार १६ गते अर्थात जुन ३० तारिक सम्मका लागि जहाज अवतरणमा रोक लगाइएको विमानस्थल कार्यालयले जनाएको छ । हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दिपेन्द्र श्रेष्ठका अनुसार चैत्र १९ गते देखि असार १६ गतेसम्म रनवे टूजिरो बन्द गर्न लागिएको हो ।

विमानस्थलको ३ हजार ४५ मिटर लामो रनवेको उत्तरतिरको २ सय ३६ मिटर बन्द हुन लागेको बताईएको छ । रनवेको २ सय ३६ मिटर घट्ने भएकाले ठूला जहाजलाई रनवे नपुग्ने हुँदा उत्तरबाट अवतरणमा रोक लगाइएको हो । विमानस्थलमा स्तरोन्नतिको काम गर्दा निर्माण सामग्री राख्नु पर्ने हुँदा ठुला जहाजलाई रनवे नपुग्ने भएकाले टूजिरो बन्द गर्न लागेको बताईएको छ ।