Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

साफ यू-१६ महिला फुटबलमा नेपालले भारतसँग खेल्दै

२४ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

साफ यू-१६ महिला फुटबलमा नेपालले भारतसँग खेल्दै

आज साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । अपराह्न ३ बजेदेखि ललितपुरस्थित च्यासल मैदानमा सुरु हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा यसअघिको २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको नेपाल ३ अंकसहित दोस्रो स्थानमा रहेको भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारतले पनि २ खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

यू-१६ महिला फुटबल प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । तर भुटानले खेलेको २ खेलमा दुवै खेल हार बेहोरेर अंकविहिन रहेको छ । आजको भारतविरुद्धको खेल जिते नेपाल फाईनलमा पुग्नेछ भने हारे नेपाल प्रतियोगिताबाट बाहिर हुने छ ।

यसअघिको खेलमा नेपाल बंगलादेशसँग २-० गोलले हार र दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित र दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो ।

भोलि शुक्रबार प्रतियोगितामा बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल खेल्ने तालिका रहेको छ ।