Advertisement Banner
Advertisement Banner

१३ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मेयर शाहको रिटको पेशी तोकियो

२३ बुधबार , फाल्गुण २०८०२ बर्ष अगाडि

मेयर शाहको रिटको पेशी तोकियो

निर्वाचन आयोग विरुद्ध काठमाडौ महानगरपालिका मेयर बालेन शाहले दायर गरेको रिटको पेशी तोकिएको छ । मेयर शाहले निर्वाचन खर्चको विषयमा आफूमाथि गरेको जरिवाना र कारवाहीको निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले मेयर शाहलाई समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना गरेको थियो । त्यसपछि महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिर्ता गराएका थिए ।

मेयर शाहले दायर गरेको उक्त रिट सवैधानिक इजलासमा आज पेशी तोकिएको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको इजलासमा पहिलो नम्बरमा पेशी तोकिएको हो ।

महानगरका मेयर शाहले आयोगको निर्णय पुर्वाग्रही रहेको र एकपटक पनि मौका नदिएकाले रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दर्ता गरेको बताईएको छ ।