Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नागा बाबाहरू पशुपति मन्दिरमा

२३ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

नागा बाबाहरू पशुपति मन्दिरमा

महाशिवरात्रि पर्वका बिशेष अवसरमा पशुपतिमा लाग्ने मेलाका लागि नागा बाबाहरू काठमाडौं स्थित पशुपति आइपुगेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिरपरिसर प्रवेश गरेका हुन् ।

नागा बाबाहरू अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदायहरु सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्ने र शुपतिमा चारै सम्प्रदायका जोगी आउने गरेका छन् ।

हरेक वर्ष शिवरात्रीको अवसरमा पशुपतिमा लाग्ने मेलामा छिमेकी मुलुक भारत लगायतका देशबाट समेत नागा बाबाहरू आउने गर्दछन । देश विदेशबाट आउने भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा माछामासु, मदिरा, नशालु पदार्थलगायतका बस्तुहरु उत्पादन र बिक्रि बितारणमा समेत रोक लगाएको छ ।