Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विमानस्थलमा खटिने प्रहरीलाई हवाई सुरक्षा तालिम

२३ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

विमानस्थलमा खटिने प्रहरीलाई हवाई सुरक्षा तालिम

संघिय राजधानी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा खटिने प्रहरीलाई हवाई सुरक्षा तथा खानतलासी सम्बन्धी अभिमुखीकरण तालिम दिएको छ । विमानस्थलमा कार्यरत १२० जना नेपाल प्रहरीका जनशक्तिलाई उक्त तालिम दिईएको हो ।

कार्यालयले पछिल्लो तीन साताको अवधिमा विमानस्थलमा कार्यरत १२० जना नेपाल प्रहरीलाई यस्तो तालिम दिएको बताईएको छ । त्यस्तै विमानस्थलमा अन्यत्रबाट सरुवा भएर आउने नयाँ प्रहरी कर्मचारीलाई सर्वसाधारणसँग गर्नुपर्ने व्यवहार, उपकरण सञ्चालन तथा खानतलासीसँग सम्बन्धित तालिम दिने गरिएको छ ।

यसअघि खानतलासीका क्रममा विमानस्थलमा खटिने प्रहरी तथा कर्मचारीहरूले गर्ने व्यवहारका कारण विमानस्थल कार्यालयले आलोचणा भोग्दै आएको छ । यस्तो समस्या समाधान गर्न र विमानस्थलमा आउने यात्रु तथा ग्राहकलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले अभिमुखीकरण तालिम दिएको हो ।