Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रुसी सेनामा पुगेका नेपालीको उद्धारको माग गर्दै ज्ञापनपत्र

२३ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

रुसी सेनामा पुगेका नेपालीको उद्धारको माग गर्दै ज्ञापनपत्र

रुसी सेनामा कार्यरत नेपालीको परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा उद्धारको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । पिडित परिवारले रुसी सेनामा कर्यरताको उद्धार, मृत्यु भएकाहरूको शव फिर्ता र बेपत्ता भएकाहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

रुसी सेनामा कार्यरत नेपालीको उद्धार गर्न माग गर्दै उनीहरूका परिवारले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले ज्ञापनपत्र बुझाएको हो ।

हालसम्म रुसी सेनामा भएका ६ सय १८ जना परिवारको विवरण संकलन गर्दै ज्ञापनपत्र बुझाएको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी संयोजक कृतु भण्डारीले बताएकी छन् ।

उनले हालसम्म मृत्यु भएका १९, घाइते १ सय १६, बेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका २ सय ७२ र परिवारको सम्पर्कमा रहेका समेत गरी ६ सय ३० जना भन्दा बढी नेपाली युवा रुसी सेनामा कार्यरत रहेको बताएकी छन् ।