Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिशुलीमा बस खस्यो ७ जनाको मृत्यु

२३ बुधबार , फाल्गुण २०८०८ महिना अगाडि

त्रिशुलीमा बस खस्यो ७ जनाको मृत्यु

आज बिहान पाँच बजे कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीबाट त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । लु २ ख २१२१ नम्बरको बस बिहान त्रिशुली नदीमा खसेको थियो ।

उक्त बस दुर्घटनामा ७ जनाको मृत्यु भएको र ३८ जनालाई जीवितै उद्धार गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिएका छन् । सशस्त्र प्रहरीको विपद व्यवस्थापन सुरक्षा बेश आदमघाट र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको टोलीले ३८ जनालाई जीवितै उद्धार गरेको बताईएको छ ।

दुर्घटनमा परि घाईते भएका ७ जनालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ भने अन्यको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरण अनुसार अन्यको खोजी भइरहेको बताईएको छ । बस त्रिशुली नदीमा डुबेको र बसको छत मात्रै देखिएको छ ।