Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पशुपति क्षेत्रमा मासु,मदिरा र नशालु पदार्थमा रोक

२२ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

पशुपति क्षेत्रमा मासु,मदिरा र नशालु पदार्थमा रोक

फागुन २३ गते बुधबार देखि ५ दिनसम्म पशुपति क्षेत्रमा मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले महाशिवरात्री पर्वलाई लक्षित गरेर ५ दिनका लागि मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाईएको हो ।

पशुपतिमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थ, नशालु पदार्थको उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको बताईएको छ । फागुन २५ गते परेको महाशिवरात्री पर्वको अवसरमा स्थानीय प्रशासनले पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर बुधबार देखि प्रतिबन्ध लगाएको हो ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिराजन्य नशालु पदार्थ किनबेच र सेवन गर्न नपाइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारि गरेको सूचनामा बताईएको छ ।

फागुन २३ गतेदेखि २७ गतेसम्म पशुपतिनाथको चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।