Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रीतिको घुँडाको शल्यक्रिया, तीन महिना आराम गर्नुपर्ने

२२ मंगलबार , फाल्गुण २०८०२ बर्ष अगाडि

प्रीतिको घुँडाको शल्यक्रिया, तीन महिना आराम गर्नुपर्ने

साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको जोर्डनसंगको फाइनल खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईको घुँडाको शल्यक्रिया सफल भएको छ । घुँडाको शल्यक्रिया सफल भएपनि खेलमा फर्किन करिब तीन महिना लाग्ने भएको हो ।

चोट लागेकी राईको घुँडाको शल्यक्रिया ललितपुरको बीएन्डबी अस्पतालमा भएको थियो । ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले प्रीतिको सोमबार सफल शल्यक्रिया गरेको बताईएको छ ।

ग्वार्कोस्थित बीएन्डबी अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रीतिको शल्यक्रिया सफल भएको र पूर्णरूपमा ठिक हुन विभिन्न कारणमा निर्भर रहने जानकारी दिएको छ । यता अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रीतिलाई खेलमा फर्किन करिब तीन महिना लाग्ने बताएको छ ।

राष्ट्रिय महिला टिमकी मिडफिल्डर राईले च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्धको खेलमा चोटका कारण दोस्रो हाफपछि मैदान छाडेकी थिइन् । उनको दाहिने खुट्टाको घुँडामा चोट लागेको थियो ।