Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

२२ मंगलबार , फाल्गुण २०८०८ महिना अगाडि

टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजेदेखि हुने खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

फाईनलमा पुगेको नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको नेपाल ४ अंक जोड्दै फाइनलमा पुगेको थियो । नेपालले घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्दैछ भने नेदरल्यान्ड्स नेपाललाई उसकै मैदानमा हराएर उपाधि उचाल्ने रणनीतिमा खेल्ने छ ।

यता नामिबियाले भने ३ अंक जोडेको छ । त्यस्तै लिग चरणको पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपाल अन्तिम चरणका दुई खेलमा जित निकाल्दै फाइनल फाईनल पुग्न सफल भएको थियो ।

नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै पछिल्ला पाँच खेल मध्ये नेपाल तीन खेलमा विजयी हुँदा नेदरल्यान्ड्सले दुई खेलमा जित निकालेको थियो ।