Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विदेशबाट पनि जन्म र मृत्यु दर्ता गर्न सकिने

२१ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

विदेशबाट पनि जन्म र मृत्यु दर्ता गर्न सकिने

मुलुक बाहिरका विभिन्न १५ वटा नेपाली नियोगबाट जन्म र मृत्यु दर्ता गर्न सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकाअनुसार अब बिदेशका १५ वटा नेपाली नियोगबाट जन्म र मृत्यु दर्ता गर्न सकिने भएको हो ।

पञ्जीकरण विभागले सूचना निकालेर आजदेखि विदेशस्थित नेपाली नियोगबाट जन्म र मृत्यु दर्ता गर्ने प्रक्रिया सुरु हुन लागेको बताएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीजकरण ऐन, २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीजकरण नियमावली, २०७७ मा विदेशस्थित नेपाली नियोगबाट समेत पञ्जीकरण सम्बन्धी कार्य गरिने व्यवस्था भए बमोजिम नियोगबाट जन्म र मृत्यु दर्ता गर्न सकिने बताईएको छ ।

विभागका निर्देशक दिल कुमार तामाङकाअनुसार विदेश जाँदा नागरिकता नेपालमै छोडेको हुन सक्ने भएकाले राहदानीलाई पनि मान्यता दिइएको छ । जन्म दर्ताका लागि बाबुआमाको राहदानी,बच्चा जन्मेको अस्पतालको कागज, खोप लगाएको कागजात र मृत्यु दर्ताको लागि अस्पतालले दिएको मृत्युको कागज भए हुने बताईएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीजकरण ऐन र नियमावली अनुसार नै नेपाली नियोगबाट जन्म र मृत्यु दर्ता गर्न सकिने व्यवस्था रहेको र त्यसका लागि नियोगका कर्मचारीलाई तालिम पनि प्रदान गरिनुका साथै सहयोगी पुस्तीका पनि दिएका विभागले जनाएको छ ।

जन्म र मृत्यु दर्ता गर्न सकिने १५ वटा नेपाली नियोगहरु :-

१. चीनको -बेईजिंग, २. जपनाको -टोकियो, ३. फ्रान्सको -पेरिस, ४. कतारको -दोहा, ५. स्पेनको -मड्रीड, ६. बेलायतको -लन्डन, ७. अस्ट्रेलियाको -क्यानबेरा, ८. अमेरिकाको -वासिंगटन डिसी, ९. जर्मनीको -बर्लिन, १०.मलेसियाको -क्वालालम्पुर, ११. साउदी अरवको -रियाद, १३. युएईको -अबुधावी, १४. थाईल्याण्डको -बैंकक, १५. क्यानाडाको -ओटवा रहेका छन् ।