Advertisement Banner
Advertisement Banner

०८ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कर्मचारीको उमेर हद ६० वर्ष हुने

२१ सोमबार , फाल्गुण २०८०८ महिना अगाडि

कर्मचारीको उमेर हद ६० वर्ष हुने

अर्को आर्थिक वर्षदेखि संघीय निजामती सेवा ऐन, २०८० मा निजामती कर्मचारीको उमेर हद बढाएर ६० वर्ष लागु हुने भएको छ । संसदमा पेश गर्ने अन्तिम तयारीमा रहेको संघीय निजामती सेवा ऐन, २०८० अनुसार अर्को आर्थिक वर्षको साउनदेखि ६० वर्ष उमेर हद लागु हुने भएको हो ।

ऐनको परिच्छेद ७ मा उल्लेख भएअनुसार निजामती कर्मचारीले ६० वर्ष उमेर पुरा भएपछि अनिवार्य अवकाश पाउनेछ । तर यो ऐन प्रारम्भ भएको आर्थिक वर्ष भरी निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेरको अधिकतम हद ५८ वर्ष कायम रहने छ ।

यदि सरकारले यो आर्थिक वर्ष  भित्र ऐन ल्याउन सकेको अवस्थामा साउनदेखि एकमुस्ट रूपमा ६० वर्ष लागू हुने छ । यसअघि विभिन्न चरणमा बहसमा आउने र पुनः सेलाउने गरेको ऐनमा उमेर हदबारे पनि त्यतिकै चर्चा हुँदै आइरहेको छ ।

पछिल्लो समय उमेर हद ६० वर्षमा सबै सहमत भए पनि चरणबद्ध वा एकमुष्ठ भन्नेबारे फरक फरक मतहरू रहँदै आएका थिए । अब एकमुष्ट ६० वर्ष बनाउँदा निश्चित समूहका लागि फाइदा पुगे पनि समग्रमा न्यायोचित नहुने तथा पदपूर्तिमासमेत गम्भीर असर पर्ने तर्क एक थरीको रहँदै आएको थियो ।

उमेर हदले तत्काल कसैलाई नाफा र घाटा जे भएपनि पनि झन्झट भन्दा एकमुस्ट नै गर्नुपर्ने अर्को थरीको मत रहँदै आएको थियो । यसअघि अध्यादेशबाट जारी गर्न तयारी गरिएको ऐनको मस्यौदामा पनि ६-६ महिना उमेर थपेर मात्र अनिवार्य अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउने गरी प्रस्ताव गरिएको थियो ।

एकै पटक ५८ बाट ६० वर्ष उमेर हद कायम गर्दा नयाँ जनशक्तिले सेवामा प्रवेश गर्न नपाउने भएकोले नै ६-६ महिना अवधि थप गरेर मात्र उमेर हद ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो ।