Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

त्रिकोणात्मक टी–२० आई सिरिजका लागि नेपाली टोली छनौट

२० आइतबार , फाल्गुण २०८०२ बर्ष अगाडि

त्रिकोणात्मक टी–२० आई सिरिजका लागि नेपाली टोली छनौट

हङकङमा हुने त्रिकोणात्मक टी–२० आई सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली छनौट भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी साता हङकङमा हुने उक्त खेलका लागि नेपाली टोली छनौट भएको बताएको हो ।

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले हङकङमा आगामी ९ मार्चदेखि खेल्दै छ । सिरिजमा नेपाल, हङकङ र पपुवा न्युगिनीबीच खेल हुने र त्रिकोणात्मक सिरिजमा फागुन २७ अर्थात १० मार्चमा नेपाल र हङकङबीच खेल हुने बताईएको छ ।

फागुन २९ अर्थात १२ मार्चमा नेपालले पवुवा न्युगिनीसँग खेल्ने छ भने दोस्रो खेल सोही दिन हङकङ र पपुवा न्युगिनीबीच हुनेछ । फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिकोणात्मक टी–२० आई सिरिजका लागि नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रशिद खान, करन केसी, सागर ढकाल, प्रतिश जीसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।